Loktantra Khabar National Weekly
Ad

कतार पठाइदिन्छु भनेर तीन लाख ठगी, एकजना पक्राउ

लोकतन्त्र खबर
१९ पुष २०८०

कतार पठाइदिन्छु भनेर तीन लाख रूपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरी छन्।

उनले भाष्कर दत्त भट्टलाई मासिक ८० हजार रूपैयाँ तलब हुने त्यसका लागि तीन लाख रूपैयाँ लागत लाग्ने भनेर २ लाख ९४ हजार रूपैयाँ लिएर बेपत्ता भएका थिए।

‍पीडितले उजुरी दिएपछि गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको भएको उनले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: