Loktantra Khabar National Weekly
Ad

सुनसरीमा स्रोत नखुलेको २१ लाख ५७ हजारसहित एक जना पक्राउ

लोकतन्त्र खबर
१९ पुष २०८०

विराटनगर  पुस १९,  स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित सुनसरीबाट एक जना पक्राउ परेका छन् ।  सशस्त्र प्रहरीले नगदसहित भोक्राहानरसिंह गाउँपालिका ६ बाट एक जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले कोशी गाउँपलिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो । राउतको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्ग हुँदै प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले बताएको छ । साथबाट बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ कर्णजीतले जानकारी दिए ।

सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

राउतको साथबाट एक हजार दरका नौ सय चार, पाँच सय दरका दुई हजार पाँच सय चार, एक सय दरका १९, पाँच, २० र १० दरका एक/एक थान नेपाली नोट बरामद भएको प्रहरीले बताएको छ ।

प्रकाउ परेका राउत  हुण्डी काराेबारी हुन कि भरिया मात्रै हुन भन्ने नखुलेकाे प्रहरीले बताएकाे छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: