Loktantra Khabar National Weekly
Ad

मन्त्रीको गाडीमा आगो लगाइँदा बालकुमारीमा छैन प्रहरीको उपस्थिति

लोकतन्त्र खबर
१३ पुष २०८०

काठमाडौं पुस १३ , रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भइरहँदा सुरक्षा संयन्त्र बेखबर रहेको पाइएको छ ।

ललितपुरको बालकुमारीमा भेला भएका युवाले सडक अबरुद्ध गरेर तोडफोड गर्दा समेत प्रहरी र ट्राफिक प्रहरी कार्यालयको उपस्थिति नदेखिएको हो ।

संघीय मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् ।

अहिले प्रहरी टोली त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले पनि आफ्नो टोली त्यहाँ पुगिनसकेको बताए ।

अहिले ललितपुरमा प्रदर्शनकारीले सडक अबरुद्ध पारेका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: