Loktantra Khabar National Weekly
Ad

काठमाडौंमा नक्कली नोटसहित एक जना पक्राउ

लोकतन्त्र खबर
१३ पुष २०८०

काठमाडौंमा २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेकी छन्।

रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङ  पक्राउ परेकी हुन्।

उनलाई गोकर्णेश्‍वर नगरपालिका-४ बाट १ हजार दरको २४ थान नक्कली नोटसहित बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।

नक्कली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले नोटसहित उनलाई पक्राउ गरेको हो।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: