Loktantra Khabar National Weekly
Ad

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक पक्राउ

लोकतन्त्र खबर
१३ पुष २०८०

कञ्चनपुरमा किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले भीमदत्त नगरपालिकाका २७ वर्षीय प्रेम प्रकाश जोशीलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

बलात्कारमा संलग्न अर्काको खोजी भइरहेको छ।

पुस १० गते साँझ जोशीले घरनजिकै बोलाएर बलात्कार गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्।

घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ। किशोरीलाई उद्धारपछि सेफ हाउसमा राखिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: