मानवसेवा आश्रममा दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ।
मकवानपुर हेटौडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको हो।
आश्रममा बस्दै आएका २५ वर्षीय अमित विश्वकर्माको बिहिबार बिहान मृत्यु भएको हो। सोही आश्रममा बस्दै आएकी १९ वर्षीया पुजा मानवको मंगलबार (१० गते ) मृत्यु भएको थियो।
अमितलाई असार २७ गते मकवानपुर बकैया गाउपालिका-३ हात्तिसुडेबाट उद्धार गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले जानकारी दिए।
‘कालगतिले मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ,हामी बुझ्दैछौं’ एसपी रिजालले भने।
उनका अनुसार दुई दिनअघि मृत्यु भएको पुजालाई २०७६ मंसिर १ गते बाग्लुङबाट उद्धार गरेर ल्याइएको थियो। उनको पनि कालगतिले मृत्यु भएको भन्ने खबर प्रहरीलाई प्राप्त भएको एसपी रिजालले जानकारी दिए। सेतोपाटी

