Loktantra Khabar National Weekly
Ad

गौशालाकी उपमेयर चढ्ने गाडीमा आगजनी

लोकतन्त्र खबर
८ पुष २०८०

जनकपुरधाम  पुस ८, महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।

गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयबासिन्दाले आगो निभाएपछि क्षति हुनबाट जोगिएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगाजनी गरेको बताए ।

उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ ।

घटनास्थलबाट एकवटा दुई लिटरको पेट्रोल राख्ने बोतल बरामद भएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: