Loktantra Khabar National Weekly
Ad

डिस होम कोपरेट सुपर सिक्स क्रिकेटमा मलंगवाका १० टिम खेल्दै

लोकतन्त्र खबर
८ पुष २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस ८

डिस होम फाइबर नेट कोपरेट सुपर सिक्स क्रिकेट टुर्नामेट सोमबारदेखि सर्लाहीको सदरमुकाम मलंगवामा शुरु हुँदैछ । पुस ९ गतेदेखि १० गतेसम्म आयोजना हुने प्रतियोगितामा मलंगवाका १० वटा बैंकहरुले प्रतिस्पर्धा गर्ने छन् ।

१० वटा टिमलाई २ समूहमा विभाजन गरिएको प्रतियोगिताका सबै खेल मलंगवा नगरपालिका वडा न-१० स्थित तिनबिघे मैदानमा संचालन हुने आयोजक डिस होम फाइबर नेटका अधिकृत बिक्रेता लक्ष्मी इन्टरप्राइजेजका संचालक सुवास गुप्ताले जनाएको छ।

सहभागि टोलीहरुमा कुमारी बैंक ,सहारा मल्टिपर्पस,नविल बैंक ,राजश्री सेविंग्स एण्ड क्रेडिट ,मलंगवा नगरपालिका ,हिमालयन बैंक ,एनएमबी बैंक ,प्रभु बैंक,प्रोग्रेसिभ फाइनान्स र एनआईसि एसिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: