Loktantra Khabar National Weekly
Ad

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको ढोका यात्रुले खोलेपछि…

लोकतन्त्र खबर
५ पुष २०८०

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ।

बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको थियो।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार जहाजको ढोका यात्रुले खोलेको पाइएको छ।

‘ढोकानजिकै रहनुभएका यात्रुले के-कति कारणले ह्यान्डिल चलाउँदा ढोका खुलेछ, सुरक्षाकर्मीले ती यात्रुसँग सोधपुछ गरिरहेका छन्,’ उनले सेतोपाटीसँग भने।

यसबारे जहाजमा प्राविधिक टोलीले पनि निरीक्षण गरेको छ। यात्रुहरूलाई अर्को जहाजमा राखेर काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए।

जहाजमा रहेका यात्रु यादव देवकोटाले सामाजिक सञ्जाल एक्समा लेख्दै जहाजको आपतकालीन ढोका भित्र आएको उल्लेख गरेका छन्।

‘प्लेन स्टार्ट भएपछि इमरजेन्सी ढोका स्वाट्ट भित्र आयो,’ उनले लेखेका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: