Loktantra Khabar National Weekly
Ad

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

लोकतन्त्र खबर
४ पुष २०८०

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

हल्दिबारी गाउँपालिका-२ पाराखोरी बस्ने ६० वर्षीय पाठल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

उनी बुधबार बिहान अन्दाजी साढे ४ बजे मर्निङ वाक गएका थिए। घरबाट अन्दाजी २०० मिटर पूर्व चन्द्रगढी हल्दीवारीमा जंगली हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी गाउँपालिकाको वडा नम्बर २ मा कार्यालय सहयोगीको रूपमा काम गर्थे।

उनको शव फेला परेपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: