Loktantra Khabar National Weekly
Ad

गण्डकी कांग्रेस सम्मेलनको ब्यानरमा ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ लेखेपछि विवाद, टेपले छोपेर गरियो कार्यक्रम

लोकतन्त्र खबर
३ पुष २०८०

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन मंगलबार पोखरामा सुरू भएको छ।

सम्मेलनका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री शशांक कोइराला र गोपालमान श्रेष्ठलगायत नेताहरू सहभागी छन्।

सम्मेलन सुरू हुनुपूर्व सभापति देउवा र गण्डकी सभापति शुक्रराज शर्माबीच ब्यानरमा लेखिएको विषयबारे विवाद भएको थियो।

प्रदेश सम्मेलनको ब्यानरमा ‘इमान भएकाहरूलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेसी चरित्र पुनर्स्थापित गरौं’ लेखिएको थियो।

सभापति देउवाले यस्तो कुरा ब्यानरमा राखेको भन्दै गण्डकी सभापति शर्मासँग रिसाएको र उनीहरूबीच भनाभन भएको गण्डकी कांग्रेसका एक नेताले बताए।

सभापति देउवाले ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य ब्यानरबाट हटाउन निर्देशन दिएका थिए। त्यसपछि ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य टेपले छोपेर कार्यक्रम सुरू गरिएको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: