काठमाडौं पुस ३ , ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ ।
आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।
आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको प्रहरीले जनाएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

