भोजपुरमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
षडानन्द नगरपालिका-१३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठ पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।
उनीविरूद्ध मंसिर २८ गते बालिकामाथि बालात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

