६ खेलबाट १२ अंकसहित धनगढी शीर्ष स्थानमा छ ।
उता ७ खेल खेलिसकेको इलाम पाँच अंकसहित पुछारमा छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको इलामको लागि आज अन्तिम खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ ।
इलामले अहिलेसम्म ७ खेल खेल्दा जम्मा एक खेल मात्र जितेको छ भने २ खेल बराबरी गरेको थियो । चार खेलमा इलाम पराजित भएको थियो ।
यस्तै दशरथ रंगशालमै साँझ ५ बजे बुटवल लुम्बिनी एफसी र पोखरा थण्डर्सबीच खेल हुनेछ । पोखरा ६ खेलबाट तीन जित दुई बराबरी र एक हारको नतिजासहित ११ अंक जोडेर दोस्रो स्थानमा छ । पोखरासामु आजको खेल जित्दै शीर्ष स्थानमा उक्लेर प्लेअफमा स्थान सुरक्षित गर्ने अवसर छ ।
पहिलो खेलको नतिजा जे भएपनि बुटवललाई हराएमा पोखरा शीर्ष स्थानमा उक्लनेछ ।
उता बुटवल लुम्बिनीलाई पनि शीर्ष चारको दाबेदारी कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ । बुटवलको ६ खेलबाट सात अंक छ र छैटौं स्थानमा छ । आजको खेलमा पराजित भएमा बुटवलको शीर्ष चारको सम्भावना लगभग सकिनेछ । अनलाइन खबर

