Loktantra Khabar National Weekly
Ad

मालीमा तैनाथ नेपाली शान्ति सैनिक फिर्ता

लोकतन्त्र खबर
२ पुष २०८०

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ रहेको ई.ओ.डि. गुल्म (शा.से.) नवौं डफ्फाका ५९ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् ।  सेनानी प्रज्वल थापाको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा टोली सोमबार स्वदेश फिर्ता भएको हो ।

संयुक्त राष्ट्रसंघले मालीमा रहेको शान्ति मिसन बन्द गर्ने निर्णय गरेसँगै उक्त मिसनमा तैनाथ ई.ओ.डि. गुल्मका १५६ एवं स्टाफ अधिकृत र सैनिक पर्यवेक्षक १२ समेत १६८ जना नेपाली शान्ति सैनिकहरू मध्ये ९३ जना यस अगावै स्वदेश फिर्ता भइसकेका छन् । उक्त मिसनमा बाँकी १६ जना नेपाली शान्ति सैनिकहरू पनि छिट्टै स्वदेश फिर्ता हुने क्रममा रहेको सैनिक जनसम्पर्क तथा  सूचना निर्देशनालयले जनाएको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: