Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा दशगजा नजिक एक युवकको शव फेला

लोकतन्त्र खबर
२ पुष २०८०

जनकपुरधाम  पुस २, सर्लाहीमा दशगजा नजिक एक युवकको शव फेला परेको छ ।

मलंगवा नगरपालिका-८ दशगजा क्षेत्रमा  बरहथवा नगरपालिका-५ का २२ वर्षीय इजरुल महमम्मद शेष मृत फेला परेका हुन् ।

आइतबार दिउँसो १ बजेतिर उनी मृत फेला परेको सर्लाहीका प्रहरी प्रक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए ।

उनको मुखबाट फिज आएको र शरीरमा कतै कुनै घाउचोट नदेखिएकाले अत्यधिक लागऔषध सेवनको कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी थारुले बताए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: