Loktantra Khabar National Weekly
Ad

बाजुरामा भूकम्प

लोकतन्त्र खबर
२ पुष २०८०

बाजुरामा भूकम्प गएको छ।

सोमबार बिहान ६:५२ बजे बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बाजुरामा यसअघि कात्तिक २१ गते ४ म्याग्नेच्युडको भूकम्प गएको थियो।

केही समययता पश्चिम नेपालका जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका दुर्गम जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: