Loktantra Khabar National Weekly
Ad

अवैध गर्भपतन गराएको भन्दै मलंगवाका २ जना पक्राउ

लोकतन्त्र खबर
१ पुष २०८०

लोकतन्त्र समाचारदाता–
सर्लाही ०१ पुष । अवैध गर्भपतन गराएको भन्दै मलंगवाका २ जना पक्राउ परेको छ । अवैध गर्भपतन गराएर भ्रुणलाई खाल्टोमा पुर्न जादै गर्दा सशस्त्र प्रहरीले सो व्यतिmलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाएका थिए ।

सोही व्यतिmले दिएको जानकारी अनुसार मलंगवा वार्ड नं. ८ मा रहेको एकजना क्लिनिक संचालकलाई पक्राउ गरि अनुसंन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताए । पक्राउ परेका व्यतिmहरुको नाम हाल प्रहरीले सार्वजनिक गरेको छैन । अवैध गर्भपतनबाट जन्मेका भ्रुणलाई प्रहरीले आफनो नियन्त्रणमा लिई पोष्ट मार्टमका लागि प्रादेशिक असपताल मलंगवामा राखिएको छ ।

गर्भपतन कसले गराएर भ्रुण र प्रमाण नष्ट गर्न खोज्ने तथा अवैध गर्भपतन गराउने चिकित्सक दुबै जनाको बारेमा अनुसंन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस सम्बन्धी थप सोधपुछ भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: