Loktantra Khabar National Weekly
Ad

६ महिनादेखि बेपत्ता पुरूष पनौतीको जंगलमा मृत फेला

लोकतन्त्र खबर
२९ मंसिर २०८०

महिनादेखि बेपत्ता रहेका एक जना पुरूष मृत फेला परेका छन्।

काभ्रे पनौती नगरपालिका वडा नम्बर ५ चौकोट जंगलमा बिहीबार दिउँसो एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार स्थानीयहरू घाँस दाउरा काट्न जानेक्रममा पहिचान नखुलेका पुरूषको शव फेला परेको हो। अस्थिपञ्जरसहित घटनास्थलमा घडी र मोबाइल पनि फेला परेको थियो।

यसक्रममा प्रहरीले पहिचानका लागि बेपत्ता रहेका व्यक्तिहरूको परिवारलाई बोलाएको थियो।

मोबाइल, लुगा र घडीमार्फत मृतक पनौती नगरपालिका-६ बस्ने ५२ वर्षीय रामशरण हुमागाईं भएको भन्ने आफन्तले पहिचान गरेका थिए।

डिएसपी श्रेष्ठका अनुसार उनी विगत ६ महिनादेखि बेपत्ता थिए। उनको मृत्यु कसरी भएको भन्नेबारे जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: