Loktantra Khabar National Weekly
Ad

नेपाली सेनाले माग्यो प्राविधिक तथा हवाईतर्फ १२५ कर्मचारी

लोकतन्त्र खबर
२९ मंसिर २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

सेनाले सूचना प्रकाशन गर्दै प्राविधि, हवाई लगायत विविध सेवामा रिक्त १२५ कर्मचारी मागेको हो।

सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि केही संख्यामा कर्मचारी मागेको हो।

इच्छुक तथा योग्यता पुगेकाहरूले नेपाली सेनाको केन्द्रिय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ सम्म दरखास्त दिन सक्नेछन्।

फरक-फरक पदमा दरखास्तका लागि फरक-फरक शुल्क तोकिएको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: