अजिता चौधरी —
सर्लाही,मंसिर २९
सर्लाहीको सदरमुकाम मलंगवा स्थित ग्रिनलैण्ड अंग्रेजी आवासीय माविले फेरवेल कार्यक्रमको आयोजना गरि कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ।
कार्यक्रमको अवसरमा सो विद्यालयमा अध्यनरत कक्षा १२ का विद्यार्थीहरुले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना गर्दै सबैलाई मायाको चिनो प्रदान गरेको कार्यक्रमका संचालक शिक्षक पद्मलाल फुयाँले जनाएको छ। ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह,पत्रकार बख्तियार अली,पब्लिक मावि मलंगवाका प्राधानाध्यापक सुवास कुमार यादव,नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले यस विद्यालयमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए।
सोही अवसरमा आफ्नो कलमको माध्यमबाट समाजलाई सुसूचित बनाउन अहोरात्र खट्दै आएका पत्रकारद्वय राष्ट्रिय लोकतन्त्र दैनिकका प्रकाशक एवं प्रबन्ध निर्देशक बख्तियार अली र सोही पत्रिकाका सम्पादक मनोज यादवलाई कार्यक्रमका सभाध्यक्ष एवं कक्षा ११ ,१२ का संयोजक जितेन्द्र प्रसाद सिंहले विद्यालयको तर्फबाट मधेसको सान गमछा ओढाएर मायाको चिनोसहित सम्मानित गरेका थिए।

