Loktantra Khabar National Weekly
Ad

निक्षेप संकलनमा खुसीलालको हेट्रिक

लोकतन्त्र खबर
२८ मंसिर २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर २८

राजश्री सेविंग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेड मलंगवाले आफ्ना फिल्ड कर्मचारीहरु मध्ये सबैभन्दा बढी निक्षेप संकलन गरेर प्रथम स्थान हासिल गर्न सफल हुनुभएको मलंगवा निवासी खुसीलाल रायलाई पुरस्कृत गरेको छ।

राय मलंगवा सेवा केन्द्रमा सबैभन्दा बढी ५ करोड ७८ लाख रुपैया निक्षेप संकलन गरेका हुन। उहाँ संस्थाको देशभरि रहेका सेवा केन्द्रहरुमा कार्यरत फिल्ड कर्मचारीहरु मध्येबाट पनि दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको संस्था मुख्य प्रबन्धक राजनहरी श्रेष्ठले जनाउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्: