सर्लाही २८ मंसिर । सर्लाहीको हरिपुर्वा नगरपालिका वाडं नं, ५ स्थित हनुमान चौक क्षेत्रबाट जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारी रामनाथ यादव माथि अज्ञात समुहले गाेली प्रहार गरेकाे छ ।
माेटरसाईकलमा सवार भएर अाएका दुईजना अज्ञात ब्यक्तिले गोलि प्रहार गरि कर्मचारी यादव संग रहेकाे उनिबाट पाँच लाख नगद लूटेर भागेकाे पिडितले जनाएकाे छ ।
पेस्तोलधारि अज्ञात ब्यक्तिहरू रातो रङ्गको मोटरसाइकलमा सवार भएर अाएका थिए । सहकारीकर्मी यादव माथि दुई राउन्ड गाेली प्रहार भए पनि निज सकुशल रहेकाे परिवारिक श्राेतले जनाएकाे छ । घटनाकाे बारेमा थप अनुसंधान भईरहेकाे प्रहरीकाे भनाई छ । घटनाकाे बारेमा थप विवरण आउन बाकी।
प्रतिक्रिया दिनुहोस्:

