Loktantra Khabar National Weekly
Ad

झापामा मृत भेटियो जंगली हात्ती

लोकतन्त्र खबर
२८ मंसिर २०८०

झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।

बिहीबार बिहान बाह्रदशी गाउँपालिका-१स्थित बागमतामा जंगली भाले हात्ती मरेको जिल्‍ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

राति कुन बेलामा हात्ती मरेको भन्ने नखुलेको प्रहरीले जनाएको छ। हात्ती मृत फेला परेको भन्ने खबर प्रहरीलाई बिहान ८ बजे भएको थियो। उक्त खबर पछि इलाका प्रहरी कार्यालय राजगढ झापाबाट प्रहरी वरिष्ट नायब निरीक्षक मदनकुमार मैनालीको कमान्डमा प्रहरीको टोली खटिएको थियो।

हात्ती स्थानीय नगेन्द्र राईको बारीमा फेला परेको हो। बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ।

वन कार्यालयको कर्मचारीले घटनास्थलको अनुसन्धान तथा कानुनी प्रक्रियाको काम गरिरहेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: