काभ्रेमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहीबार बिहान साढे ८ बजे पाँचखाल नगरपालिका-६ हनुमानगढीस्थित अरनिको राजमार्गमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
खाँवाबाट पाँचखाल जाँदै गरेको बा ८७ प ६४१ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरेको थियो। त्यही बेला विपरीत दिशाबाट आएको प्र. ३-०१-००५ ख ९७०३ नम्बरको डिब्बा गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो।
उक्त दुर्घटना हुँदा पनौती नगरपालिका-१२ बस्ने अन्दाजी ३४ वर्षीय रूपक खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा खत्रीको ज्यान गएपछि स्थानीयले सडक समेत अवरूद्ध गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का गरिरहेको कार्यालयले जनाएको छ। ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

