Loktantra Khabar National Weekly
Ad

९ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७३ वर्षीय वृद्ध पक्राउ

लोकतन्त्र खबर
२७ मंसिर २०८०

तनहुँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ ।

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: