Loktantra Khabar National Weekly
Ad

हिमालय एयरलाइन्सले सुरू गर्‍यो काठमाडौं–चोङकिङ उडान

लोकतन्त्र खबर
२६ मंसिर २०८०

हिमालय एअरलाइन्स्ले काठमाडौं–चोङकिङ–काठमाडौं उडान सुरू गरेको छ।

लामो समयदेखि प्रतीक्षामा रहेको उडान १२ डिसेम्बरदेखि सुरू गरिएको एयरलाइन्सले जनाएको छ।

मंगलबार एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान बिहान १०:०७ मा गरेको थियो। विमानले चोङ्किङ्को जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समयअनुसार साँझ १५:५० बजे उडान अवतरण गर्नेछ।

उडान अवधि ३ घण्टा १४ मिनेट रहनेछ। पहिलो उडानमा एक सय २५ यात्रु छन्। चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्नको ४:२५ बजे काठमाडौंका लागिफिर्ती उडान छुट्नेछ। काठमाडौंमा साँझ ६:३५ मा अवतरण हुने छ।

यसपछि यो रूटमा हरेक मंगलबार र शनिबार गरी सातामा दुई पटक उडान हुनेछ।

यो रूट सुरू भएसँगै नेपाल र चीनबीच हिमालय एयरलाइन्सको चौथो सिधा उडान हुनेछ। एयरलाइन्सले बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित सिधा उडान गर्दै आएको छ।

यसबाट नेपाल र चीनबीच कनेक्टिभिटी बढ्ने तथा द्विपक्षीय सम्बन्धलाई प्रवर्द्घन गर्ने अपेक्षा लिइएको छ।

काठमाडौं–चोङकिङ–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प मिल्नेछ।

दुई सहरबीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने प्रतिवद्धता हिमालय एयरलाइन्सको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: