काठमाडौँ । देशका विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला परेका छन् । कैलाली, दाङ, उदयपुर र सल्यानमा उनीहरू मृत फेला परेका हुन् ।
कैलाली, टिकापुर नगरपालिका-५ झन्झटपुरस्थित रानी कुलोको पानीमा सोही ठाउँ बस्ने ८५ वर्षीया धनसरा देवी शाह सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङ, गढवा गाउँपालिका-१ रङसिङ खोलाको किनारमा अर्घाखाँची सितगंगा नगरपालिका-८ बस्ने ४९ वर्षीया लक्ष्मी डालामगर सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
उदयपुर, कटारी नगरपालिका-५ खैरेनी बस्ने ७८ वर्षीय सरुकलाल कुमार दनुवार घर नजिकै रहेको आफ्नै माछा पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, कपुरकोट गाउँपालिका-६ डिग्रे बस्ने ५४ वर्षीय रामलाल पुन घरदेखि करिब ६ किलोमिटर टाढा बाटो नजिक सोमबार मृत अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका-६ जलवाङस्थित आफन्तको घरमा गएका उनी साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता

