काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा ७ करोड ९७ लाख ५० हजार बिगो कायम भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी घर भएका ३२ वर्षीय शेर बहादुर मगर छन् ।
शेर बहादुरलाई ललितपुर महानगरपालिका–१५ स्थित हात्तिवनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
उनिबारे विभिन्न अदालतबाट बैङ्किङ कसुर मुद्दा फैसला भएर जरिवाना र कैद भुक्तान हुन बाँकी रहेको पाइएको छ । मगरलाई फैसला कार्यान्वयनका लागी प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्:

