Loktantra Khabar National Weekly
Ad

चितवनमा गाडीको ठक्करबाट २ जनाको मृत्यु, एक जना घाइते

लोकतन्त्र खबर
२४ मंसिर २०८०

चितवन  मंसिर २४ , चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरो गाडीले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माविका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । सोही विद्यालयका अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् ।

मृतक लेखापाल अधिकारी चितवनको माडी नगरपालिका–१ निवासी र शिक्षक खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन् । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको भरतपुरमा उपचारको क्रममा शनिबार बिहान र खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए ।

ठक्कर दिने बोलेरो गाडी र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: