Loktantra Khabar National Weekly
Ad

एनएसएलमा आज चितवन र ललितपुर भिड्दै

लोकतन्त्र खबर
२४ मंसिर २०८०

काठमाडौं मंसिर २४ , नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत २०औं खेलमा आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

ललितपुर र चितवन दुवैको यो पाँचौ खेल हुनेछ ।दुवैलाई आजको खेल जित्दै अगाडि बढ्ने मौका छ ।

चार मध्ये एक जित र ३ बराबरीबाट ६ अंक जोडेको ललितपुर चौथो स्थानमा छ । आजको खेलमा विजयी भए ललितपुर शीर्ष स्थानमा पुग्नेछन् ।

यस्तै चार मध्ये एक जित र २ बराबरी बाट ५ अंक जोडेको चितवन पाँचौ स्थानमा छ । चितवनले एक खेल भने हारेको थियो ।

आज ललितपुरलाई हराएमा चितवनले शीर्ष दुईमा रहेका धनगढी एफसी र पोखरा थण्डर्ससँग समान अंक जोड्नेछ । धनगढी र पोखराको समान ८ अंक छ ।

चितवन गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा खेल्दैछ भने ललितपुरको कप्तानी अनन्त तामाङले गर्नेछन् । दुवै जना मार्की खेलाडी समेत हुन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: