Loktantra Khabar National Weekly
Ad

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकतन्त्र खबर
२२ मंसिर २०८०

झापा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेश रहेका छन् ।

गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: