Loktantra Khabar National Weekly
Ad

एसीसी यू-१९ एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

लोकतन्त्र खबर
२२ मंसिर २०८०

काठमाडौं  मंसिर २२, युएईमा आजदेखि सुरुहुने एसीसी यू-१९ एसिया कपमा नेपालल पहिलो खेलमा पाकिस्तानसँग खेल्दैछ ।

दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपालले आईसीसी यू-१९ विश्वकपअघि यू १९ एसिया कपलाई तयारीको रुपमा लिएको छ ।

राष्ट्रिय टिमबाट खेलिसकेका देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झा पनि समावेश छन् ।

पाकिस्तानसँगै भारत र अफगानिस्तान पनि रहेको समूहमा रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित दुबई पुगेको छ ।

पाकिस्तानी युवा टोलीको कप्तानी साद बेगले गर्नेछन् ।

नेपालको टोली 

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द, दीपक बोहरा ।

पाकिस्तानको टोली 

साद बेग (कप्तान), अरफत मिन्हास (उपकप्तान), अहमद हुसेन, अजन अविस, अली अस्फन्द, अमिर हसन, खुबैब खलिल, नजिब खान, नविद अहमद खान, मोहम्मद हियाजउल्लाह, शामिल हुसेन, मोहम्मद तयाब आरिफ, मोहम्मद जिशान, शाहजैब खान, उबैद शाह। अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: