Loktantra Khabar National Weekly
Ad

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि पक्राउ

लोकतन्त्र खबर
२१ मंसिर २०८०

बाँके । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् ।  नेपालन्ज उपमहानगरपालिका-२२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।      उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: