Loktantra Khabar National Weekly
Ad

वीरेन्द्रनगरको शिव सुन्दर स-मिलमा आगलागी

लोकतन्त्र खबर
२१ मंसिर २०८०

सुर्खेत  मंसिर २१, सुर्खेतको नगरपालिका-७ ईत्राममा रहेकाे शिव सुन्दर स-मिलमा आगलागी भएको छ । आज बिहान ५ः३० बजे बिजुलीको तार सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ईत्राम खाेला नजिकै देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठ र काठका सामग्रीहरू बनाउने मेसिनहरू जलेर नष्ट भएका छन् ।

चार वटा दमकले बिहान साढे ८ बजे आगाे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले जानकारी दिए । नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएकाे र हाल मुचुल्का उठाउने काम भइरहेकाे डीएसपी शाहीले बताए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: