Loktantra Khabar National Weekly
Ad

आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश

लोकतन्त्र खबर
२१ मंसिर २०८०

सर्वोच्च अदालतले जनकपुरधामकी आर ती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा पठाउने आदेश दिएको छ । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगर पालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आर तीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

उनीहरुविरुद्ध जिल्ला सर कारी वकिल कार्यालय धनुषाले १ असारमा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर उच्च अदालत जनकपुर धामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुर ालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: