Loktantra Khabar National Weekly
Ad

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

लोकतन्त्र खबर
२१ मंसिर २०८०

धनगढी  मंसिर २१, कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुप प्र ०१०१० प ३८८नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकलको पछाडि सवार चौधरी दुर्घटनामा गम्भीर घाइते भएका थिए । धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा बुधबार उनको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार जारी छ ।

मोटरसाइकल इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: