Loktantra Khabar National Weekly
Ad

विराटनगरमा आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

लोकतन्त्र खबर
२० मंसिर २०८०

विराटनगरमा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

यहाँको सातघुम्ती चोकमा रहेको एउटा कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो। विराटनगर ७ का उनको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

‘दीपक मण्डलको मृत्यु भएको छ, न्यूरोमा उपचार गराइरहेका थप तीन जना पनि गम्भीर घाइते छन्’, मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले भने, ‘कोशीमा उपचार गराइरहेका एक जनाको अवस्था सामान्य छ।’  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: