Loktantra Khabar National Weekly
Ad

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

लोकतन्त्र खबर
२० मंसिर २०८०

सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ का ४५ वर्षीय डम्मर सार्कीले ४० वर्षीया श्रीमती शितली सार्कीको दाउरा र बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।

घटना मंगलबार बेलुकी आठ बजेतिरको भए पनि बुधबार बिहान सवा ८ बजेतिर मात्रै प्रहरीले खबर पाएको धमलाले जानकारी दिए।

घरमा नाबालक छोराछोरी रहे पनि आफन्तको घरमा गएको समयमा डम्मरले श्रीमती शितलीको दाउरा र बञ्चरो प्रहार गरी हत्या गरेको खुलेको धमलाले बताए।

हत्या आरोपित डम्मर हत्यापछि बुधबार बिहान प्रहरी चौकी ढोरचौरतर्फ आफैं आउन लागेको देखेपछि प्रहरीले नियन्त्रणमा लिएको धमलाले जानकारी दिए।

हत्याको कारण खुलिनसकेको तर दुबैले मदिरा सेवनपछि आपसी विवाद हुँदा डम्मरले आवेगमा आएर दाउरा र बञ्चरो प्रहार गरी हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको धमलाले बताए।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल खलंगामा लगिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: