Loktantra Khabar National Weekly
Ad

नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार

लोकतन्त्र खबर
२० मंसिर २०८०

बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ।

बुद्धले मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौं-पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो।

यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ।

जसमध्ये बुद्धले १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिनेछ।

बुद्धले विभिन्न चाडपर्व तथा विशेष दिनमा यसरी यात्रुहरूलाई उपहार दिने गरेको छ।  सेतोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: