Loktantra Khabar National Weekly
Ad

बुवाको हत्या गरेको अभियोगमा पक्राउ

लोकतन्त्र खबर
१७ मंसिर २०८०

नवलपरासी पूर्व । आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको अभियोगमा मध्यविन्दु नगरपालिका-१० टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

रूपेशले कुचोको डाँठले हिर्काउँदा गम्भीर घाइते भएका होम बहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अरूणखालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: