Loktantra Khabar National Weekly
Ad

लाङटाङ पुगेर फर्केका पथप्रदर्शक होटलमा मृत फेला

लोकतन्त्र खबर
१७ मंसिर २०८०

लाङटाङ पदमार्गमा एक नेपाली पथ प्रदर्शकको मृत्यु छ।

मृत्यु हुनेमा धादिङको धुनीवेशी नगरपालिका-९ का ५० वर्षीय कुमार पाण्डे छन्।

उनी शनिबार बिहान ११ बजे गोसाइकुण्ड गाउँपालिका-४  स्थित लामा तिबेतियन होटलको कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी इन्स्पेक्टर नेत्रप्रसाद पौडेलले जानकारी दिए।

पाण्डे स्वीट्जरल्याण्डबाट आएकी अन्दाजी ७०/७५ वर्षीया वृद्ध महिलालाई लाङटाङ उपत्यका घुमाएर शुक्रबार राति उक्त होटलमा बास बसेका थिए।

इन्स्पेक्टर पौडेलका अनुसार लाङटाङ उपत्यका पुगेर फर्किँदा पाण्डे सामान्य बिरामी परेका थिए। भोलिपल्ट सुतेको स्थानमा मृत भेटिएका उनले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाण्डे लामो समयदेखि पथप्रदर्शकको काम गर्दै आएका थिए। स्वीट्जरल्याण्डकी ती महिलासँग उनको लामो समयदेखिको चिनजान रहेको र हरेक पटक नेपाल आउँदा पाण्डेले नै ती महिलालाई पाण्डेले नै घुमाउँथे।

मृतक पाण्डेको शव पोष्टमर्टमका लागि धुन्चेस्थित जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पौडेलले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: