Loktantra Khabar National Weekly
Ad

थलीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

लोकतन्त्र खबर
१५ मंसिर २०८०

काठमाडौं  मंसिर १५, काठमाडौंको थलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा बिहीबार राति प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको गाडी र बाग्मती प्रदेश ०२(०३२ प ३३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका(८ साखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचार भइरहेको छ । गाडी चालक फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: