Loktantra Khabar National Weekly
Ad

मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु, बुवा घाइते

लोकतन्त्र खबर
१४ मंसिर २०८०

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको छ।

बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको हो।

दुर्घटनामा चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको टाउकोमा चोट लागेको छ। उनी गम्भीर घाइते छन्। उनको उपचारको लागि हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ।

मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने बालकको घटनास्थलमै मृत्यु भएको डिएसपी भण्डारीले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: