Loktantra Khabar National Weekly
Ad

जाजरकोटमा चिसोले तीन वर्षीया बालिकाको मृत्यु

लोकतन्त्र खबर
१४ मंसिर २०८०

जाजरकोटको कुशे गाउँपालिकामा चिसोबाट एक बालिकाको मृत्यु भएको छ। कुशे–१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो।

चिसोका कारण उनलाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

गएको कात्तिक १७ गतेको भुइँचालोबाट घर चर्किएपछि सुनीलको परिवार त्रिपालमुनि बसिरहेको अध्यक्ष बस्नेतले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: