Loktantra Khabar National Weekly
Ad

भूकम्प पीडितलाई टानको ५ लाख सहयोग

लोकतन्त्र खबर
१२ मंसिर २०८०

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले भूकम्प पीडितका लागि पाँच लाख ५ हजार ५५५ रूपैयाँ हस्तान्तरण गरेको छ।

जाजरकोट र रूकुमका भूकम्प प्रभावितहरूका लागि टानले मंगलबार प्रधानमन्त्री राहत कोषमा ५ लाख ५ हजार ५५५ रूपैयाँ जम्मा गरेको हो।

टानका अध्यक्ष निलहरी बास्तोलाले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरणका अवसरमा टानका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: