Loktantra Khabar National Weekly
Ad

गरिमा विकास बैंकले मनायो १७औं वार्षिकोत्सव ,मावि औरहीका विद्यार्थीहरुलाई स्कुल बैग वितरण

लोकतन्त्र खबर
८ मंसिर २०८०

लोकतन्त्र समाचारदाता
सर्लाही,मंसिर ८

गरिमा विकास बैंक १७ औं वर्षमा प्रवेश गरेको अवसर पारेर सो बैंकको मलंगवा स्थित शाखाले विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बिहिवार एक कार्यक्रमको आयोजना गरि सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-८ औरहीमा रहेको श्री जनता माध्यमिक विद्यालयको बाल विकास कक्षा र कक्षा १ मा अध्यनरत ८४ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो।

बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामिण जिल्लामा आफ्नो शाखा कार्यालय, एक्स्टेन्सन काउन्टर र एटीएमबाट बैंकिङ कारोबार गर्दै आएको मलंगवा शाखाका शाखा प्रमुख राम एकवाल साहले जनाएको छ।

यस अधि सर्लाहीको सदरमुकाम मलंगवामा रहेको सहारा विकास बैंक गरिमा विकास बैंकसँग मर्ज भइसकेको छ।

सोही साविक सहारा विकास बैंकका अध्यक्ष संजय गुप्ताको अध्यक्षता तथा जनता मावि औरहीका प्राधानाध्यापक लक्ष्मी कान्त यादवको प्रमुख आतिथ्यतामा भएको ब्याग वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राधाकृष्ण राय,गरिमा बैकको लालबन्दी शाखाका प्रमुख कृष्णप्रसाद चापागाईं,प्रावि औरहीका प्रअ राम कैलाश राउत,स्थानीय समाजसेवी रामआश्रे राय,बैंकका सेयर सदस्यहरु प्रेम प्रसाद गुप्ता ,तपेश्वर चौधरी ,बैंकका कर्मचारीहरु लगायत विद्यालयका शिक्षक ,शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: