Loktantra Khabar National Weekly
Ad

नेविसंघ सर्लाहीले बुझायो सिडियोलाई ज्ञापनपत्र

लोकतन्त्र खबर
८ मंसिर २०८०

लोकतन्त्र समाचारदाता
सर्लाही,मंसिर ८

स्वतन्त्र सांसद अमरेश कुमार सिंह र कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव माथि भएको दुर्ववहार तथा हत्याको प्रयास लगायतका घटनाको बास्तविकता पत्ता लगाई दोषी माथि आवश्यक कानुनी कार्यवाहीको माग गर्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सर्लाहीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

२०८० साल कात्तिक ८ गते मंगलबार राती करिब साढे १० बजेको समयमा कौडेनाका गापा अध्यक्ष यादव माथि निजकै घर कौडेना-२ इनर्वामा गोली प्रहार भएको घटना तथा गत मंसिर ५ गते मंगलबार सर्लाहीको मधुवनी-नयाँरोड सडक खण्ड अन्तर्गत सेखौना गाउँको आसपास सर्लाही क्षेत्र न-४ बाट निर्वाचित स्वतन्त्र सांसद अमरेश कुमार सिंहको गाडीलाई ठक्कर दिने र गाली गलौज गर्ने घटनाको बारेमा प्रहरी प्रशासन द्वारा सत्य तथ्य तथा दोषी को बारेमा हालसम्म सार्वजनिक नभएकोले र उक्त दुवै घटनाको बास्तविकता पत्ता लगाइ दोषी माथ कानुनी कार्यवाही गर्न प्रजिअ कोमल प्रसाद धमलालाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

उक्त दुवै घटना साँच्चिकै घटेको हो या कृतिम प्रकृतिको नियतवश बनावटी प्रकृतिको रहेको छ भने आरोप लगाउनेहरु माथि यथाशीघ्र कानुनी गर्न समेत सोही विज्ञप्ति मार्फत नेविसंघले जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: