Loktantra Khabar National Weekly
Ad

क्रिकेट प्रतियोगिताको उद्घाटनमा केपी ओलीको बलिङ र ब्याटिङ

लोकतन्त्र खबर
७ मंसिर २०८०

पोखरा  मंसिर ७, पोखरामा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएकोछ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बलिङ र ब्याटिङ गर्दै प्रतियोगिताको सुरुवात गरेका हुन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगता १५ गतेसम्म हुने छ ।

प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् क्लबका २ टोली गरी १२ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम छन् । समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘निलो’ छन् ।

आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिता विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले २ लाख ५० हजार रुपैयाँ, म्यान अफ द सिरिजले ३० हजार रुपैयाँ, बेस्ट बलरले २० हजार रुपैयाँ र म्यान अफ द म्याचले ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: