Loktantra Khabar National Weekly
Ad

४ जना मृतावस्थामा फेला

लोकतन्त्र खबर
६ मंसिर २०८०

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् ।  रोल्पाको त्रिवेणी गाउँपालिका-३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मृतावस्थामा फेला परेकी छिन् ।

यसैगरी जुम्लाको गुठीचौर गाउँपालिका-१ मनिगाउँ बस्ने ४१ वर्षीय वीर ऐडी सोही ठाउँस्थित माईडाडाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।      प्युठानको प्युठान नगरपालिका-८ माथिल्लो दम्ति बस्ने ४० वर्षीया कमला कुमाल पनि सोही ठाउँ बस्ने उनकै देवर आइतराम कुमालको घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्  ।

यता ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने २७ वर्षीय निरज खड्की सोही महानगरपालिका-२४ स्थित नागदहमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: